![](https://img4.evepla.com/678/182/911983346781826.jpg)
26/04/2023
काठमाडौं महानगर भित्रका हरेक स्कुलमा शुक्रबार "Book free Day" अर्थात बिना book बालबालिकाहरु स्कुल जानेछन् , सोही विषयमा बोल्दै महानगर प्रमुख B***n Shah भन्नुहुन्छ:
'जिन्दगी के हो जीवन के हो हामी विद्यार्थीलाई सिकाउन चाहान्छाैं, जस्तै हामी एक केजि तरकारी ४० रुपैयामा किन्छाै तर त्यो तरकारी ४० रुपैयामा मात्रै बनेको हुँदैन वर्ष भरी किसानले गर्ने मेहनत विद्यार्थीलाई बुझाउनु पर्छ, अहिलेको पुस्ताले यो जान्न जरुरी छ। अनि हामी बस्ने टेबुल बेन्च त्यसमा हामी बसिरहेका हुन्छौं तर त्यो हरु बनाउदा कति मेहनत लाग्दो रैछ र त्यो कुराहरु हामीले जान्न जरुरी छ । हामीले सानो सानो काम गर्ने मान्छेलाई पनि सम्मान गर्न सिक्नु पर्छ सीप सानो ठुलो हुदैन यो बुझ्न र यो सीप सिक्न जरुरी छ जस्तो लाग्छ ।'
'सिप सिकिने भयो भोलीको दिनमा कसले के गर्न सक्छौ थाहा हुने भयो म आज मेयर नभएको भए इन्जिनियर नभएको भए मलाई ट्रक ड्राइभर हुन मन पर्थ्यो म ड्राइभर हुन्थे होला म मा त्यो सीप छ मलाई ट्रक चलाउन आउछ। यसले के हुन्छ भने एउटा त सिकियो जसले economic पनि growth हुने भयो अनि अर्को कुरा हामी free भयौ भने विकृतिमा लाग्ने सम्भावना बढी हुन्छ र केहि सीप भयो भने यस्तोमा लाग्ने सम्भावना पनि कम हुन्छ।'