09/09/2022
जमराको ‘अमृत–रस’ले दियो पुनर्जीवन
काठमाडौंः तीन महिनाको नाबालक छोरालाई ‘लिकोभिया’ नामक हड्डीको क्यान्सर लागेको थाहा पाएपछि वीरगञ्जका निरज र कमला बस्नेत ठूलो चिन्तामा थिए । छोराको उपचारका लागि थुप्रै अस्पताल धाए । तर, जति उपचार गर्दा पनि रोग बीसको उन्नाईस भएन ।
छोरालाई निको नभएपछि निराश बनेका बस्नेत दम्पत्तिको भेट काठमाडौं माकलबारीकी सीता भट्टराईसँग भयो । सीताले पीडा सहन नसकेर रोईरहेको उक्त बच्चालाई आफ्नो घरमा ल्याइन् । घरमा उमारी राखेको जमरा मिचेर त्यसको रस निकालिन् र बच्चालाई पिलाइदिइन् । त्यस दिन एक छिनमै बच्चा निदायो । यसै तरहले दिनदिनै एक मात्रा ३० मिलि जुस दिन थालियो । करिब तीन महिनासम्म यसरी दिनहँु जमराको रस खुवाएपछि बच्चा तन्दुरुस्त बन्दै गयो ।
त्यसपछि डाक्टरलाई देखाउँदा आश्चर्यजनक ढंगले क्यान्सर पूरै निको भइसकेको देखियो । सुरुमा त छोरालाई लागेको क्यान्सरजस्तो जटिल रोग जमराले यति छिटै निको बनायो भन्दा विस्वासै लागेन बस्नेत दम्पत्तिलाई । बच्चा जन्मेको २ महिनादेखि आरामले निदाउन समेत नपाएका उनीहरू आजकाल छोराले नयाँ जीवन पाएको देख्दा मख्ख छन् ।
त्यसो त सीता भट्टराई आफै पनि क्यान्सर पीडित थिइन् । आजभन्दा १९ वर्षअघि ‘एनिमिया’ रोगले ग्रसित उनको गर्भावस्थामा छातीमा क्षयरोग देखाप¥यो । लामो समयसम्म क्षयरोगको औषधी सेवन गरिरहेकी उनलाई औषधीको साइड ईफेक्ट देखा पर्न थाल्यो । एनिमिया र क्षयरोगको उपचार गरिरहेकी उनलाई फेरि थाइराइडले सताउन थाल्यो । उपचारका लागि विभिन्न अस्पताल धाइन् । तर, नेपालका कुनै पनि अस्पतालले उनको समस्या समाधान गर्न सकेनन् ।
नेपालमा उपचार सम्भव नदेखेपछि उनी भारतको नयाँ दिल्ली पुगिन् । उनलाई दिल्लीको डंकन अस्पतालले क्यान्सर रोग भएको पुष्टि ग¥यो । दिनानुदिन एकपछि अर्को गर्दै रोग थपिँदै गएकाले सीता आक्रान्त बनेकी थिइन् ।
उनका श्रीमान् प्रताप भट्राईले श्रीमतीको उपचारका लागि कुनै कसर बाँकी राखेनन् । नेपाल र दिल्लीमा मात्र करिव १२ लाख रुपैयाँ उपचारमै खर्च गरे तर सब निरर्थक भयो । आफूसँग भएको सबै पैसा रित्तिएपछि उपचारका अन्य कुनै विकल्प देखेनन् । जति खर्च गरे पनि रोग निको हुने संकेत नदेखेर निराश हुँदै उनीहरू नेपाल फर्किए । नाम चलेका देश–विदेशका थुप्रै अस्पताल चहार्दा पनि उपचार सम्भव नभएपछि उनको बाँच्ने आशा पनि मरिसकेको थियो ।
घरमा नाबालक दुई छोरा र श्रीमान्लाई देखेर सीता भक्कानिन्थिन् । उनलाई मृत्युको कल्पना मात्रले पनि भक्कानो फुट्थ्यो । आफू मरेपछि नाबालक छोराहरूको बिचल्ली हुने पीरले गहिरो मानसिक डिप्रेशनबाट गुज्रिँदै आएकी सीताको अवस्था झन् पछि झन् नाजुक बन्दै गयो ।
अन्ततः बाँच्ने आशा मारिसकेकी सीताले पनि पुनर्जीवन प्राप्त गरिन् । ‘नवजीवन फार्म हाउस’का पहनबहादुर महतराले उनलाई साँच्ची नै नयाँ जीवन दिए । महतराले आफ्नो फार्म हाउसमार्फत् लामो समयदेखि योग र तान्त्रिक पद्धतिअनुसार बिरामीलाई उपचार गर्दै आएका थिए । त्यहाँ उनलाई जौँको जमराको औषधीय गुणका बारेमा थाहा भयो । केही समय महतराको फर्म हाउसमै गएर जमराको रस खान थालेपछि शरीर तन्दुरुस्त बन्दै गएको बताउँदा सीताको मुहारै उज्यालिन्छ ।
विज्ञान–प्रविधिको यो युगमा कैयौँ नाम चलेका अस्पतालले समेत निको पार्न नसकेको उनको रोग जमराले निको बनाएको पत्याउन मुस्किल छ । तर विगत २ वर्षयता जमराको रस नियमित खाँदै आएकी उनी आफूभित्र भएका सबै रोग निको भएको दाबी गर्छिन् । केही महिनाअघि उनलाई पहिले जाँचेका डाक्टरलाई देखाउँदा क्यान्सर पनि निको भइसकेको रिपोर्ट आएपछि उनको खुसीको सीमा रहेन । भन्छिन्, ‘जमराको रस अमृत–रस रहेछ, जसले मलाई पुनर्जीवन दियो ।’
जमराको रस नियमित सेवनबाट आफ्ना असाध्य रोग सबै निको भएपछि उनी आफै उत्साहित भइन् र जमरा उमारेर जुस बेच्न थालिन् । हाल उनी आफूजस्तै क्यान्सर र अन्य रोगबाट पीडित बनेकालाई जमराको रस खुवाउँछिन् । अहिले उनीकहाँ क्यान्सर र अन्य विभिन्न दीर्घरोगबाट पीडित करिव १५० जनाभन्दा बढीले नियमित जमराको रस पिउने गर्छन् ।
विगत १० महिनायता सीताले व्यावसायिक तरिकाले जमराको खेती गर्दै आएकी छिन् । आफूले उन्नत जातको बीउ, माटो र मल प्रयोग गरी जमरा उमार्ने गरेको उनी बताउँछिन् । जमरामा रोग प्रतिरोधात्मक तत्व प्रशस्तै पाइने हुँदा यसको बहु–उपयोगिताको बारेमा धेरैलाई थाहा नभएको उनको भनाइ छ ।
उनीसँगै ९ महिनादेखि जमराको जुस पिउँदै आएकी काठमाडौं माकलबारीकी ५८ वर्षीया कृष्णमाया राईले आँखा कमजोर भएका कारण २०४७ सालदेखि चस्मा लगाउँदै आए पनि अहिले चस्माबिना नै राम्रो सँग आँखा देख्ने भएको बताउँछिन् । माकलबारीकै ५४ वर्षीया सुभद्रा पौडेल पनि नियमित जमराको रस सेवनले उच्च रक्तचाप र बाथरोग नै निको भएको दाबी गर्छिन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले जमराको बारेमा खोज र अनुसन्धान नै गरिरहेको प्रतिष्ठानअन्तर्गत विज्ञान संकायका प्रमुख जयश्री सिजापतिले बताइन् । जमरामा धेरै औषधीय गुण व्याप्त रहेको बताउँदै यसबारेमा प्रचार–प्रसार हुनुपर्ने उनको भनाइ छ ।
त्यस्तै, जमराको बारेमा लामो समयदेखि खोज–अनुसन्धान गरिरहेका त्रिभुवन विश्वविद्यालयका प्रोफेसर डाक्टर तीर्थ बहादुर श्रेष्ठ पनि जमरामा प्रशस्तै औषधीय गुण भएको बताउँछन् । परम्परागत रूपमा मानिसले रोग लागेमा जमराको प्रयोग गर्ने गरेको भए पनि आधुनिक चिकित्साको विकासक्रम सँगसँगै यसको उपयोग र ज्ञानमा समेत कमी आएको उनको भनाइ छ । यसको नियमित सेवनले मानिसमा रोगसँग लड्ने प्रतिरक्षात्मक प्रणालीको विकासमा टेवा पु¥याई जटिल रोगको उपचारमा सहयोगी बन्ने उनको भनाइ छ ।
बहु–उपयोगी जमराको बारेमा व्यापक प्रचार–प्रसार हुनसके उपचार नपाएर रोगले आक्रान्त बनेकाहरूलाई राहत हुनेमा दुई मत छैन । स्थानीय स्तरमै उत्पादन तथा प्रयोग गर्न सकिने बहुगुणी जमराको उपयोगिताबारे सरकारी तवरबाटै जनचेतनामूलक अभियान थाल्नुपर्ने आवश्यकता महसुस गरिएको छ । बेलैमा यसको औषधीय गुणको बारेमा सचेत भई सफल प्रयोग गर्न सके आउँदो पिँढीले यसबाट प्रशस्त लाभ लिन सक्थ्यो कि ? copy&paste