Khilraj pandit Nepali guru usa D.C

Khilraj pandit Nepali guru usa D.C Event planning About
PROFESSONAL Religious and Cultural Services Provider· 2019 to present· at Washington DC. and all USA and Canada.

I do All Hindu Religious services for Nepali, Indian style like as Wedding ceremony, Vratbandha(Mundan ceremony), satyanarayan pooja, Vastu(Home pooja), Rudri(shiva pooja), Namekaran, Planate pooja, car pooja, and astrological(Jyotish) Prediction provide in DC Metro area Washington DC, Virginia, Maryland and all USA. And also can provide to priest service in all United States and the World. Anyone Want to this kind of services please call this Number 2408899331 thank you

10/31/2024

आज लक्ष्मीपूजाको शुभ-समय 6:51 pm 8:40 pm सम्म ।दीपावलिको सुभकामना हजुर

03/05/2024
06/11/2022
06/06/2022

काली मन्दिर डी.सी

05/26/2022
05/10/2022

ॐ श्रीगणेशपुराण वाचन

05/09/2022
04/26/2022

मेरो मो.
नम्बर परिवर्तन भएको सूचना
2408899331 हो ।
पुरानो हटाउनुहोला र नयाँ राख्नुहोला धन्यवाद ।

04/26/2022

मङ्गलबार गणेशसँग सम्बन्धित बार हो । यस दिन गणेश, हनुमान र मङ्गल ग्रहको पूजा उपासना गरिन्छ । गणेशको व्रतपूजाबाट विघ्नबाधा नाश हुन्छन् । आत्मबल बढ्छ । गणेश बुद्धिका देवता भएकाले बुद्धि तिक्ष्ण हुन्छ । यही कारणले हरेक पूजामा पहिले गणेशको पूजा गर्नुपर्छ । शिवपुत्र भएपनि गणेशलाई विष्णुको अंश मानिएको छ । गणेशको उपासनाबाट यो लोक र परलोक दुबै सप्रिन्छन् । पाञ्चायन देवतामध्येका एक देवता हुन् गणेश । हिन्दुसंस्कृतिमा गाणपत्य सम्प्रदाय पनि छ गणेशका ऋद्धि र सिद्धि दुई पत्नी छन् गणेशका पूजामा यी दुईको पनि पूजा गर्नुपर्छ । गणेश चतुर्थी, मङ्गल चतुर्थी गणेशका विशेष तिथि मानिन्छन् ।

04/25/2022

सोमबार चन्द्रमा र शिवसँग सम्बन्धित बार हो । चन्द्रमा धरतीको उपग्रह हो । पूर्णिमाको दिन यसको धरतीमा सबैभन्दा बढी प्रभाव रहन्छ चन्द्रमाको घटबडका कारणले कृष्ण पक्ष र शुक्ल पक्ष आएका हुन् । कला घटेको अवस्था कृष्ण पक्ष हो भने बढेको अवस्था शुक्ल पक्ष हो । बढेर पूर्ण भएको दिन पूर्णिमा हो भने घटेर पूर्ण क्षय भएको दिन अमावश्या हो दूध आउने वृक्षहरू चन्द्रमा कै कारणले उत्पन्न हुन्छन् भनिन्छ । चन्द्रमा बीज, औषधि, जल, मोती, दूध र मनमा रहन्छन् । मनको शान्ति र अशान्तिका कारक चन्द्रमा नै हुन् । चन्द्रमा विग्रेको अवस्थामा रोग व्याधि बढ्छन् त्यसैले शान्ति गर्नु आवश्यक हुन्छ ।

04/24/2022

आइतबार सूर्यसँग सम्बन्धित बार हो । यस दिन ग्रह र देवताका रूपमा सूर्यको पूजा उपासना गरिन्छ । सूर्यको नाम रवि हो त्यसैले रविबारसँग जोडिएकाले विशेष गरेर आइतबार सूर्यपूजा गरिन्छ । सूर्यको व्रतपूजाबाट शिर, आँखा दुख्ने र आत्मबल कमजोर हुने समस्या कम हुन्छन् । शारीरिक रोगहरूबाट आराम मिल्छ । व्रत लिएर पूजा गर्दा। सूर्योपासनाबाट यो लोक र परलोक दुबै सप्रिन्छन् । सौर्य मण्डलका प्रमुख ग्रह, पाञ्चायन देवतामध्येका एक देवता, शिवका आठ रूपमध्ये एक रूप मानिएका सूर्य हिन्दुसंस्कृति अनुसार सातवटा घोडामा सवार हुने परम तेजपुञ्ज हुन् । सात घोडालाई सात रङ्ग र मानव जीवनका सात चक्रको रूपमा वर्णन गरिएको छ । शनि ग्रह र यमराज यिनका सन्तान हुन् । आइतबार सूर्य पूजा गर्नाले शक्ति, सम्मान, आँट, प्राप्त हुन्छन् । योगमा सूर्य नमस्कारको विधि छ । यसले आरोग्यता दिन्छ भौतिक विज्ञानले पनि प्रकाश र तापका स्रोत सूर्यलाई अपरिहार्य तत्त्व भनेको छ । संसारको अस्तित्त्व नै यसमा अडेको छ । ज्योतिष र धर्म विज्ञानले आत्मा तत्त्व नै सूर्य हो भनेको छ । सूर्य खुशी भएको खण्डमा सरकारी जागीर र नेतृत्त्व विकाशको सम्भावना बढेर जानेछ ।

04/20/2022

ग्रहरत्नलगायत प्राणप्रतिष्ठा गर्ने विधि!!

प्राणप्रतिष्ठा मन्त्रको विनियोग- प्रतिष्ठा पूर्व जल ग्रहण जलहातमा लिएर निम्नानुसार विनियोग गर्ने विनियोग-ॐ अस्य श्रीप्राणप्रतिष्ठामन्त्रस्य ब्रम्हाविष्णुमहेश्वरा ऋषयः, ऋग्यजुः सामानिच्छन्दांसि, क्रियामयवपुः प्राणाख्या देवता ऑ बीज ह्रीं शक्तिः क्रॉ कीलक अमुकदेव -देवी) प्राणप्रतिष्ठापने विनियोगः । जल भूमिमा छोड्ने ।

प्राणप्रतिष्ठा- हाथमा पुष्प लिएर प्राणप्रतिष्ठा गरिने वस्तु (मूर्ति, यन्त्र, त्न) लाई स्पर्श गर्दै मन्त्र पढदै न्यास गर्ने ॐ ब्रम्हाविष्णुरुद्रऋषिभ्यो नमः, शिरसि । ॐ ऋग्यजुः सामच्छन्दोभ्यो नमः, मुखे । ॐ प्राणाख्यदेवतायै नमः, हृदि । ॐ आँ बीजाय नमः, गुह्यो । ॐ ह्रीं शक्त्यै नमः, पादयोः । ॐ क्रौं कीलकाय नमः, सर्वाङ्गेषु । प्राण प्रतिष्ठित वस्तु (मूर्ति, यन्त्र, रत्न) स्पर्श गरी तलदिएको प्राण प्रतिष्ठा गर्ने मन्त्र- ॐ आँ ह्रीं क्रौं य रॅलव श षँ सँ हँ सः सोऽहं अमुक देव देवी प्राणा इह प्राणाः । ॐ आँ ह्रीं क्रौं यँ रॅलव श ष सँ हँ स सोऽह अमुक देव देवी जीव इह स्थितः । ॐ आँ ह्रीं क्रौं यॅ रॅलव श षँ सँ हँ सःसोऽहं अमुक देव देवी सर्वेन्द्रियाणि वाङ्मनस्त्वक्चक्षुः- श्रोतघ्राणजिवापाणिपादपायूपस्थानि इहागत्य सुख चिर तिष्ठन्तु स्वाहा । तदनन्तर पुष्प र अक्षताले आवाहन गरी पञ्चोपचार वा षोडषोपचारले पूजा गर्ने पूजागरिसके पछि प्रतिष्ठत देवी देवताको शुक्त वा स्तोत्र पाठ गर्ने यसै विधि अनुसार ग्रहरत्नको प्रतिष्ठा पनि गर्न सकिन्छ ।

04/19/2022

विवाहमा 'पाणिग्रहण' गर्नूको अर्थ

ॐ गणामि ते सौभगत्वाय हस्तं मया पत्या जरदष्टिर्यथाऽऽसः ।

भगोऽअर्यमा सविता पुरन्धिर्मह्यं त्वाऽदुर्गार्हपत्याय देवाः ॥१॥

हे कन्या, म तिम्रो सौभाग्यका निम्ति यो तिम्रो हात समात्तछु, जसबाट कि तिमी मेरा साथ बूढी हृउजेल बाँचिरहनेछयौ। किन भने भग, अर्यमा र सविता देवताहरूले अब घर संभालेर गृहस्थी थाम्ने गृहिणीको रूपमा तिमीलाई मेरा हातमा दिएकाछन्।

ॐ अमो ऽहमस्मि सा त्व सा त्वमस्यमोऽग्रहम् ।

सामाहमस्मि ऋक् त्वं द्यौरहं पृथिवी त्वम् ॥२॥

म लक्ष्मीरहित अर्थात् घरकी गृहिणी नभएको छु, तिमी लक्ष्मी छ्यौ । अर्थात् तिमी अविवाहिता कन्या छ्यौ, म अविवाहित पुरुष छु । म साम (सामवेदस्वरूप) र तिमी ऋक् (ऋचास्वरूप) छ्यौ । फेरि म अाकाश (स्वरूप) छु, तिमी पृथिवी (स्वरूप) छ्यौ ॥

ॐ तावेहि विवहावहै सह रेतो दधावहै ।

प्रजां प्रजनयावहै पुत्रान्विन्दावहै बहून् ॥३॥

आऊ, यस्ता अङ्ग पूर्ण नभएका अविवाहित कन्याकुमार हामी दुई वरबधू परस्पर विवाह गरौं र आपसमा मिलेर गर्भाधान गरौं, सन्तान उत्पन्न गरौं र धेरै छोरा (छोरा. छोरी) पाऔं ।

ॐ ते सन्तु जरदष्टयः सम्प्रियौ रोचिष्णू सुमनस्यमानौ ।

पश्येम शरदः शतं जीवेम शरदः शत शृणुयाम शरदः शतम् ॥४॥

बूढा भै ती बाँचिरहुन् र हामी पनी भई तेजिला र प्रसन्न ।

मिलीजुलीकन बाँचौं संगै नै देखी सुनी सय नै वर्षसम्म ॥

Address

Poolesville, MD

Alerts

Be the first to know and let us send you an email when Khilraj pandit Nepali guru usa D.C posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Khilraj pandit Nepali guru usa D.C:

Videos

Share