Sakewa Celebration 2022

  • Home
  • Sakewa Celebration 2022

Sakewa Celebration 2022 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sakewa Celebration 2022, Event Planner, .

सेवानै👏निमन्त्रणा निमन्त्रणा  निमन्त्रणा ,आगामी तारीख १५दिसम्बर २०११  बिहिवार को दिन। पुर्ब सिक्किम  दलबपचन्द हेलिपेड मा...
12/12/2022

सेवानै👏
निमन्त्रणा निमन्त्रणा निमन्त्रणा ,

आगामी तारीख १५दिसम्बर २०११ बिहिवार को दिन। पुर्ब सिक्किम दलबपचन्द हेलिपेड मा अखिल किरात राई संघ को तत्वधानमा राई जातिको उधौली पर्व राज्या स्तरीय साकेवा महाउत्सव सिक्किमका सम्मननिय मुख्य मन्त्री श्रीमान प्रेम सिंह गोले ( तामाङ ) मुख्य आथितिको रूपमा भब्यरताको साथमा पालन गर्न गई रहेका छन् । उत महाउत्सवमा हजुरहरु सम्पुर्ण सिक्किमेलि जन्समुदयालाई हार्दिक निमन्त्रणा गर्द छौ ।

आलङ्ने धन्यवाद |

11/12/2022
सिक्किम सरकारका सम्माननिय मुख्यमन्त्री महोदय श्रीमान प्रेम सिंह तामाङ (गोले) सर अनि सम्माननिय मुख्यमन्त्री कि धर्मपत्नी ...
11/12/2022

सिक्किम सरकारका सम्माननिय मुख्यमन्त्री महोदय श्रीमान प्रेम सिंह तामाङ (गोले) सर अनि सम्माननिय मुख्यमन्त्री कि धर्मपत्नी श्रीमति कृष्ण राई मेडम भवन तथा आवास बिभागका माननीय मन्त्री श्रीमान सन्जित खरेल सरको उपस्थितिमा राजधानी गङ्तोकको ५ माईल स्थित लुमसेमा राई खिमको बिदिवत रुपमा उद्घाटन भएको छ।

धन्यवाद ।

This is to inform that the invitation for 12 Dec 2022 has been preponed and postponed.Inconvenience regretted
10/12/2022

This is to inform that the invitation for 12 Dec 2022 has been preponed and postponed.
Inconvenience regretted

जरुरी सुचना-राजधानी गङ्तोकको पाँच माइल लुम्से स्थीत् "राई खिम" काे उद्घाटन कार्यक्रम भाेली ता:११ दिसम्बर, २०२२ आईतबारका ...
10/12/2022

जरुरी सुचना-

राजधानी गङ्तोकको पाँच माइल लुम्से स्थीत् "राई खिम" काे उद्घाटन कार्यक्रम भाेली ता:११ दिसम्बर, २०२२ आईतबारका दिन बिहान ७ बजे सम्माननिय मुख्यमन्त्रीको बाहुलिबाट उद्घाटन हुने जानकारी सार्वजनिक गराउदछु।

धन्यवाद ।

सिला वाङछेन राई
प्रचार सचिव
साकेवा समिति

जरुरी सुचना-अखिल किराँत राई संघ (AKRS) को समितिहरुले सिक्किम सरकारका सम्माननिय मुख्यमन्त्री श्रीमान प्रेम सिंह तामाङ (गो...
10/12/2022

जरुरी सुचना-

अखिल किराँत राई संघ (AKRS) को समितिहरुले सिक्किम सरकारका सम्माननिय मुख्यमन्त्री श्रीमान प्रेम सिंह तामाङ (गोले) सरलाई मुख्यमन्त्रीको सरकारी निवास मिन्तोगेङमा आज भेट गरेको छ।

आउदो साकेवा पर्वलाई लिएर सम्पुर्ण समितिहरुले सम्माननिय मुख्यमन्त्रीलाई निमन्त्रणा दिएको हो र सम्माननिय मुख्यमन्त्रीले पनि निमन्त्रणालाई सहस्र स्वीकार गर्नु भएको छ।

साकेवा पर्वको मिति केही फेरबदल भएको छ-

१.छुचाजेन निर्वाचन क्षेत्रको दलपचन्द गाउँमा राज्य स्तरिय साकेवा पर्व आउदो १२/१२/२०२२ मा राखिएको थियो
तर अब आजबाट आउदो १५/१२/२०२२ को दिन सरेको जानकारी गराउदछु।

२.राजधानी गङ्तोकको पाँच माइल लुम्से स्थीत् "राई खिम" काे उद्घाटन कार्यक्रम आउदो १२/१२/२०२२ मा राखिएको थियो तर यो पनि सरेर भाेली ता:११ दिसम्बर, २०२२ आईतबारको दिन बिहान ७ बजे नै सम्पन्न हुने भएको छ।

धन्यवाद ।

सिला वाङछेन राई
प्रचार सचिव
साकेवा समिति

10/12/2022
Inconvenience regretted👏
10/12/2022

Inconvenience regretted👏

10/12/2022

विषेश जानकारी

समस्त जनमानसमा सूचित गर्दछौं की आगामी १२ दिसम्बर २०२२ तारिक दलपचन्द हेलिपेड मैदान(२०-छुजाछेन समष्टि)मा पालन हुन गई रहेको राज्यस्तरीय साकेवा पर्व १५ तारिक दिसम्बर २०२२ को दिन हुने निश्चय भएको छ।

धन्यवाद ।।

सबै सबैलाई हार्दिक निमन्त्रणा ।
08/12/2022

सबै सबैलाई हार्दिक निमन्त्रणा ।

07/12/2022
07/12/2022
07/12/2022
दलपचन्दमा राज्यस्तरीय साकेवा पर्व आयोजनबारे तयारी बैठकदलपचन्द, 6 दिसम्बर। पाकिम जिल्लाअन्तर्गत दलपचन्दमा आगामी 12 दिसम्ब...
06/12/2022

दलपचन्दमा राज्यस्तरीय साकेवा पर्व आयोजनबारे तयारी बैठक

दलपचन्द, 6 दिसम्बर। पाकिम जिल्लाअन्तर्गत दलपचन्दमा आगामी 12 दिसम्बरको दिन सम्पन्न हुने राज्यस्तरीय साकेवा पर्वबारे आज तेस्रो तयारी बैठक यहाँको हेलिप्याडमा सम्पन्न भयो। अखिल किराँत राई संघ, सिक्किम केन्द्रिय कार्यकारी तदर्थ समितिका महासचिव जेपी राईको अध्यक्षतामा सम्पन्न आजको बैठकमा मुख्य अतिथिको रूपमा क्षेत्र विधायक केबी राई उपस्थित रहेका थिए। बैठकमा पूर्व विधायकद्वय पूरण गुरुङ, विक्रम प्रधान, एसकेएम क्षेत्र प्रभारी डम्बर प्रधान, संस्थाका सल्लाहकार डा. एसके राई, नाम्ची जिल्लाका अध्यक्ष सुश्री अञ्जिता राजालिम, गेजिङ जिल्ला उपाध्यक्षा श्रीमती अनिता राई, पूर्व अध्यक्षा श्रीमती बिना राई, समारोह समितिका अध्यक्ष आर.के. वालिङ, मूल सचिव असीत राई सहित अन्य़ पदाधिकारीगणको उपस्थिति रहेको थियो।

मुख्य अतिथि के.बी. राईले सभालाई सम्बोधनमा यो साकेवा पर्व यहाँ आयोजन गर्न पाउनु अहोभाग्य रहेको र यसलाई हामी छुजाचेन क्षेत्रवासीले भव्यतासाथ पूरा गराउनमा भरमग्दुर प्रयास गर्नुपर्नेछ भन्ने विचार पोखे। यसको निम्ति हामी सबैले आ-आफ्नो भूमिका गम्भीरतापूर्वक निर्वाह गर्नुपर्छ भनी आह्वान गरे।
यसरी नै सभाध्यक्ष जेपी राईले पनि आफ्नो सम्बोधन राख्दै आगामी 12 दिसम्बर 2022-को दिन सम्पन्न हुन गइरहेको साकेवा पर्व समारोहमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ (गोले) नै मुख्य अतिथि स्वरुप उपस्थित भएर राई जातिलाई ठूलो सम्मान जनाएको विचार पोखे। सोही दिन लुम्से पाँच माइल तादोङस्थित राई खिमको उद्घाटन मुख्यमन्त्रीको बाहुलीबाट नै हुनेछ भने यहाँको दलपचन्दस्थित माङखिमको शिलान्यास पनि उनकै बाहुलीबाट हुने भएकोले साकेवा पर्वको शोभा थप बढने बताए। यो किरावाहरूको निम्ति हर्षको विषय रहेको उनले थपे।

यसअघि अकिरासं दलप्चन ब्लक समितिका सभापति एम.के. राईले उपस्थित भेलालाई स्वागत सम्बोधन गरेपछि सभाको एजेण्डामाथि विस्तृत चर्चा गरियो। विगत सभामा जिम्मेवारी दिइएको विभिन्न उपसमितिका मुख्य समन्वयक, समन्वयकगणद्वारा सभामाझ आज सम्मको कार्य प्रगतिबारे जानकारी दिइयो।
सभामा डा. एस.के. राई, समारोहका अध्यक्ष आर.के. वालिङ, श्रीमती कला राई, मदन राई, एमके राई, विक्रम प्रधान, श्रीमती बीणा राई, मोहन राना, अवकाश राई आदिले विभिन्न विषयमा आ-आफ्नो विचार राख्दै कार्य प्रगतिको रिपोर्ट पनि पेश गरे। समारोहका कार्यकारी अध्यक्ष ललित राईले धन्यवाद ज्ञापन प्रस्तुत गरेपछि आजको सभा समाप्त गरियो।

राज्य स्तरिय साकेवा पर्व मनाउनुको निम्ति समितिहरु रातदिन खटिरहनु भएको  दृश्य ।
05/12/2022

राज्य स्तरिय साकेवा पर्व मनाउनुको निम्ति समितिहरु रातदिन खटिरहनु भएको दृश्य ।

05/12/2022

REMINDER

Sewaney🙏
Follow up meeting of Sakewa Celebration Committee,2022 has been scheduled on 6th Dec.2022 (Tuesday)
So, all respected executive body and all Sub Committee's heads & Members are requested to attend the meeting please.

Venue: Dalapchan Helipad
Time: 11 a.m.

अखिल सिक्किम किराँत राई संघ सम्पुर्ण सिक्किमेली जन मानसलाई हार्दिक निमन्त्रणा गर्दछाै।धन्यवाद ।सिला वाङछेन राई   प्रचार ...
04/12/2022

अखिल सिक्किम किराँत राई संघ सम्पुर्ण सिक्किमेली जन मानसलाई हार्दिक निमन्त्रणा गर्दछाै।

धन्यवाद ।

सिला वाङछेन राई
प्रचार सचिव
साकेवा समिति

01/12/2022

सम्पुर्ण सिक्किमेलि जन-मानसमा अखिल सिक्किम किराँत राई संघ हार्दिक निमन्त्रणा गर्दछाै।

सिला वाङछेन राई
प्रचार सचिव
(साकेवा समिति)

राज्य स्तरीय साकेवा समारोह समितिको दोस्रो समीक्षा सभा सम्पन्न रिनाक, १ दिसम्बर। दलपचन्दको  हेलिपेटमा राज्य स्तरीय साकेवा...
01/12/2022

राज्य स्तरीय साकेवा समारोह समितिको दोस्रो समीक्षा सभा सम्पन्न

रिनाक, १ दिसम्बर। दलपचन्दको हेलिपेटमा राज्य स्तरीय साकेवा समारोह समितिको दोस्रो समीक्षा सभा आज छुजाचेन समष्टिका विधायक के बी राईको मुख्य आतिथ्यमा सम्पन्न भयो। सभाको अध्यक्षता अखिल किराँत राई संघ, सिक्किमका अध्यक्ष मोहन दुङमालीले गरेका थिए। सभामा फूट कमिसनका अध्यक्ष डा एस के राई, अखिल किराँत राई संघ, सिक्किमका महासचिव जे पी राई, अखिल किराँत राई संघ, सिक्किमका मूल सचिव आर के वालिङ, ओ बी सी बोर्डका अध्यक्ष निर्पद गुरुङ, पाक्योङ जिल्लाका जिल्लापाल टासी छोपेल, पुलिस अधीक्षक, अतिरिक्त जिल्लापाल रबिन सेवा, जिल्ला एवं ग्राम पन्चायतगण,विभिन्न विभागका सरकारी अधिकारीवर्ग, विभिन्न कम्पनीका प्रतिनिधिगण लगायत स्थानीय महानुभावहरुको उपस्तिथि रहेको थियोे।
गत ता 27/11/2022 मा चयन गरिएको विभिन्न समितिका समिति प्रमुखहरुले आजसम्मको कार्य प्रगति प्रतिवेदन सभामा पेश गरे। समारोह समितिमा अझै महानुभावहरूलाई समावेश गरिनु आवश्यक
रहेको सभामा चर्चा गरियो।
पूर्व बिधायक बिक्रम प्रधानले सरकारी विभागहरुबाट पनि आ-आफ्नो क्षमता अनुसार सहयोगको अपेक्षा गरिएको कुरा बताए साथै स्थानीयको पनि मुख्य सहयोग रहेको जनाए। यो कार्यक्रम भव्य र सभ्य बनाउन स्थानीय महानुभावहरुको ठूलो सहयोगको आवश्यकता रहेको कुरो सभा चर्चा गरियो।
सभामा उपस्थित रही सकरात्मक सुझावहरुको लागि साथै उपस्थितिको निम्ति अखिल किराँत राई संघ,सिक्किम लगायत राज्य स्तरीय साकेवा पर्व समारोह समितिको तर्फबाट कृतज्ञता जनाउँदै आउने दिनहरुमा यस्तै सहयोगको उपेक्षा राखिएको कुरो सभामा चर्चा गरियो। अब आउने सभा 06/12/2022 मंगलवारको दिन दलपचन्दकै हेलिपेटमा हुने भएको छ।

धन्यवाद ।

Address


Website

Alerts

Be the first to know and let us send you an email when Sakewa Celebration 2022 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Event Planning Service?

Share