Namgyal Dorje.

  • Home
  • Namgyal Dorje.

Namgyal Dorje. update

आज भोट चन्द्र पात्रो अनुसार छैटौँ महिनाको चतुर्थी तिथि  དྲུག་པ་ཚེས་བཞི། डुक्पा छेशी दिवस्  हो । जसलाई हिमाली बौद्धमार्गी...
09/07/2024

आज भोट चन्द्र पात्रो अनुसार छैटौँ महिनाको चतुर्थी तिथि དྲུག་པ་ཚེས་བཞི། डुक्पा छेशी दिवस् हो ।
जसलाई हिमाली बौद्धमार्गीहरूले छोखोर दुइक्षेन् (ཆོས་འཁོར་དུས་ཆེན) अर्थात् धर्म चक्र प्रवर्तन दिवस् पनि भनिन्छ।
यो दिवस् बुद्धले सम्याक संबोधी प्राप्त गरे पश्चात ४९ दिन पछि ब्राह्म, बिष्णु, इन्द्र , इत्यादिको अनुरोधमा वाराणसी स्थित मृगदा बन नामक जङ्गलमा पन्च बर्गिय भिक्षुहरु ༼ आज्ञात कौण्डिन्य, अश्वजित, वाष्प, महानाम र भद्रिकलाई पहिलो पटक འཕགས་པའི་བདེན་པ་བཞི། चार आर्य सत्यको विषयमा धर्मचक्र प्रवर्तन गर्नु भएको थियो।
चार आर्य सत्य :
१) སྡུག་བསྔལ་བདེན་པ། दुःख सत्य – संसारमा दुःख छ ।
२) ཀུན་འབྱུང་བདེན་པ། समुदाय सत्य – दुःखको कारण छ ।
३) འགོག་པའི་བདེན་པ། निरोध सत्य – दुःख कारणको निवारण छ ।
४) ལམ་གྱི་བདེན་པ། मार्ग सत्य – दुःख कारण निवारणको लागि मार्ग छ ।
यो दिवसको दिन पाठ पूजा र मंत्र जाप गर्नु भन्दा पनि बुध्दले प्रथम् पटक दिनु भएको चार आर्य सत्यको विषयमा श्रवान, मनन् चिन्तन् र ध्यान गरेर हाम्रो दैनीक जीवनमा उपयोग गर्नु सकेमा उत्तम् हुन्छ। यो दिवस् मान्नेहरूले चार आर्य सत्यको बारेमा केही ज्ञान लिन सकियो भने यो दिवस् मानेको अर्थपुर्ण हुन्छ अन्यथा त्यही पहिले मानेको जस्तै माने जस्तो मात्र हुन्छ। फल सुन्य हुन्छ। भवतु सब्ब मंगलम्।।

H.E Khenpo Sangye Rangjyung Rinpoche’s photo on top of the Labuche elevation 6119m. Thank you so much Tendi bro for our ...
06/06/2024

H.E Khenpo Sangye Rangjyung Rinpoche’s photo on top of the Labuche elevation 6119m. Thank you so much Tendi bro for our root guru photo getting there.🙏.

उहाँ रत्नश्री महाँ गुरु बज्राधार ज्युले भन्नुभएको छ। तथागत बुद्ध स्वायम ले देखाउनु भएको मार्ग् म सधै वा अहिंसा को शिक्षा...
29/05/2024

उहाँ रत्नश्री महाँ गुरु बज्राधार ज्युले भन्नुभएको छ। तथागत बुद्ध स्वायम ले देखाउनु भएको मार्ग् म सधै वा अहिंसा को शिक्षा दिनु भएको छ भने यस मार्ग् म अग्रसर हुनु हुने ले मासुको सेवन गर्नु भनेको त्योभन्दा अरु ठुलो पतन छैन रे सके सम्म कुनै पनि कर्च्ये हरुमु मासु को प्रयोग नगर्नुहोस् हरे विशेष गरि मृतकका नाममा गरिएको कार्य हरुमता हुँदै हुदैनन् भन्नुभएको छ यति यो मृतक व्यक्ति को घेवा कर्म कण्ठ हरु म हिंसात्मक कर्म को प्रयो भयो भने मृत्यु व्यक्ति को सन्च्येताने मुक्ति पाउने बाटो मा अवरुद्ध हुनेछन् भन्नुभएको छ।

बज्रयान पुजारी बाट मच्छिन्द्र नाथ मा महाबलि पूजा !आज बिहान लगनखेल मा मीननाथ र मच्छिन्द्रनाथको दर्शन गर्न जॉदा मच्छिन्द्र...
25/05/2024

बज्रयान पुजारी बाट मच्छिन्द्र नाथ मा महाबलि पूजा !

आज बिहान लगनखेल मा मीननाथ र मच्छिन्द्रनाथको दर्शन गर्न जॉदा मच्छिन्द्र नाथ रथको अगाडि सामुन्ने एक भब्य महाबलि पूजा को आयोजना भएको देखियो ।यस्पाली यो महाबलि पूजा निकै लामो समय लगाएर गरिएको थियो ।यस्को मुख्य कारण मैले देखे अनुसार एकातिर पूजा को सामाग्रीहरु र पशुवलि दिन पशुहरु ल्याई पुर्याउन अलि ढिलो भए जस्तो लाग्यो । अर्कोतिर महाबलि पूजामा पशुवलि चढाउन ल्याइएको भेंडा लाई मनाउन मुहायकेउ गर्न ( परसाउन ) धेरै समय लाग्यो । धेरै समय को मेहनत पछि झण्डै दुई साढ़े दुई घण्टा पछि मात्र मनाउन सफल भएको थियो । यो महाबलि पूजा धेरै प्रकार ले महत्वपूर्ण भएको कारण मैले त्यहॉ देखे बुझे अनुसार जानकारी को लागि राख्न खोजेको छु ।यस्मा मेरो हेराई व बुझाइमा कुनै गल्ति भएको भए माफि पाउं र सुधारको आशा राख्दछु ।यो महाबलि पूजा लाई दुई भागमा प्रस्तुत गर्न गइरहेको छु ।एक आवाहन र पूजा र दुई पशुवलि चढाएर पूजा ।यो पूजा परापूर्ब काल देखि बज्रयान बुद्ध धर्म मान्ने पुजारीहरु बाट भइआएको पाईन्छ । स्थानीय वासीहरु ती पुजारी बज्राचार्यहरु लाई आदरकासाथ पांन्जु भन्दछन् । वहॉहरु बाट यो महाबलि पूजा सम्पन्न गरिएको थियो । जस्मा जजमान को रुपमा मल्ल राजाको प्रतिनिधित्व को रुपमा एक जना मल्ल खड्ग लिएर बस्नु भएको थियो ।
१.. यस पूजा हेर्दा सबभन्दा पहिले शिवशक्ति को आवाहन भएको पाईयो । यो पूजा शिवशक्ति सिद्धान्त अनुसार तान्त्रिक विधि अनुसार भएको देखियो ।
⁃ त्यस पूजामा ज्वालान्हेकं र सिन्हमू त्यस्को लागि प्रयोग भएको देखियो ।जस्मा ज्वालान्हेकं ले शिव र सिन्हमूले शक्ति को प्रतीक झल्काउंछ ।
⁃ त्यस्तै त्रिबलि कलश र पंचबलि कलशहरु प्रयोगमा ल्याईएको पनि देखियो ।
⁃ त्यस तान्त्रिक पूजामा मोहनी बनाउन बत्ती बालेको पनि देखियो ।गणेश बाट पूजा शुरु गर्न बत्ती बालेर सुकुन्दा अगाडि सारेर पूजा शुरु भएको पनि देखियो ।
⁃ त्यस अगि गोलाकार आकारमा मण्डप बनाएर आठै दिशामा अष्ट मातृकाहरु र अष्ट भैरबहरुको मन्त्र पढेर यन्त्र लेखेर त्यस्माथि ब्य बोगटामा पकाएको भात राखेर माथि हॉसको अण्डा राखिएको थियो ।
⁃ यसरी यहॉ शिवशक्ति सिद्धान्त मा सबै देवी देवताहरुको आवाहन गरी पूजा भएको देखियो ।यहॉ अष्ट मातृका र अष्ट भैरवहरु लाई देशको सुरक्षा को साथ साथै रथ संचालनमा पनि सुरक्षा प्रदान गरिदिनु भएकोमा श्रद्धा पूर्वक धन्यवाद दिएको र सुरक्षा पाईरहने आशा लिएको पाईन्छ ।
⁃ यस महाबली पूजा मा मच्छिन्द्रनाथ रथमा रहेको चार पॉग्राहरुमा को भैरबहरु को प्रतिनिधित्व गरी चार भैरवहरु पनि चार दिशामा स्थापित गरी पूजा भएको पनि देखियो ।
⁃ यस्मा चौरासी बोगता मा पकाएको भात राखेर (ब्वय राखेर ) त्यस्माथि हॉसको अण्डा राखेर हॉसको बलि चढाएको जस्तो भान भएको थियो ।
⁃ यस्मा चार भैरब, पाटन शहर लाई सुरक्षा दिने अष्ट मातृकाहरु , अष्ट भैरबहरु , र पाटन शहरमा अबस्थित बिभिन्न देवी देवताहरु , भूतप्रेत गणहरु समेत समाबेश भएको भान भयो ।
⁃ यस्को बिचमा एउटा डोको यज्ञ कुण्डको प्रतीक को रुपमा राखिएको देखियो ।जस्मा सबै कुराहरु राखेर पाटन शहर बाहिर बैष्णवी देवी शक्ति पीठ बाट नक्खु खोला नपुग्दै एउटा कुण्ड देखिन्छ ।त्यहीं लगेर सो डोकोमा चढाएको सबै प्रसाद डोको समेत छोडि दिन्छन्

२.. यसरी सबै संलग्न देवी देवताहरु लाई मन्त्र पढेर , यन्त्र बनाएर आवाहन गरी पंचोपचार बिधि अनुसार पूजा भएको देखियो ।
⁃ यस्मा पहिलो पंचोपचार पूजा सत्वगुण बाट सृजना भएको शब्द , स्पर्स , रुप , रस र गन्ध र प्रकृति ,मन र बुद्धि को प्रतीक अक्षता , जल , सिन्दूर ,जजंका, र फूलहरु चढाएर पूजा भएको देखियो ।
⁃ दोस्रो दशोपचार पूजामा रजोगुण बाट सृजना भएको पॉच कर्मेन्द्रिय र पॉच ज्ञानेन्द्रिय को प्रतीक प्रसाद, फूलहरु , धूपबत्ती चढाएर गरेको देखियो ।
⁃ तेस्रो षोडशोपचार पूजामा तमोगुण बाट सृजना भएको आकाश, वायु , तेज , जल , र पृथ्वी, र अहंकार को प्रतीक को रुपमा सम्हयबजि चढाएर पूजा भएको देखियो ।साथमा छवयला मासु र जॉड रक्सि पनि प्रयोग भएको देखियो ।

३.. यसरी यस महावलि पूजामा यस मच्छिन्दनाथ संग सम्बन्धित सबै देवी देवताहरु र अन्य गणहरुको पनि पूजा गरेर श्रद्धापूर्वक धन्यबाद दिएको देखियो ।
यो पूजा र अन्य शक्ति पूजा बाहिर बाट हेर्दा ख़ास फरक देखिएन। यस्ले गर्दा नेपाल मण्डलमा शैव शाक्त हिन्दू धर्म मान्ने नेवा समुदाय र महायान बज्रयान बुद्ध धर्म मान्ने नेवा समुदाय मा परापूर्व काल देखि पारम्परिक शिवशक्ति सिद्धान्त मा आवाहन गरी तान्त्रिक विधि अनुसार पूजा भइआएको देखिन्छ ।
⁃ यो नेपाल मण्डलमा परापूर्व काल देखि चलिआएको मौलिक पारम्परिक संस्कृति हो ।
⁃ हाम्रो मौलिक पारम्परिक संस्कृति आजसम्म पनि सोही रुपमा चलिआएको देख्दा ख़ुशी लाग्यो ।
⁃ यस्मा हामीले गौरव गर्नै पर्दछ ।यस्मा कुमार प्रकारको हस्तक्षेप हुन दिनु हुंदैन ।
⁃ आजकाल यस्मा दुबैतिर बाट हस्तक्षेप र टिका टिप्पणी भएको पाईन्छ । एकातिर वैदिक हिन्दू धर्मावलम्बीहरु , तान्त्रिक विधि अनुसार पशुबलि चढाएर भएको शक्ति पूजाहरुमा हस्तक्षेप गरी पशुबलि को बिरोध गरेको भन्दै मौलिक संस्कृति मा हस्तक्षेप गरिरहेका छन् । कत्तिका शक्ति पीठहरु भित्र पशुबलि चढाउन प्रतिबन्ध लगाईसकेका छन् ।
⁃ त्यस्तै श्रीलंका र थाईलैण्ड बाट बुद्ध धर्म सम्बन्धित उच्च शिक्षा हॉसिल गरेर आएका ब्यक्तिहरुले थेरबाद बुद्ध धर्मबाट प्रभावित भइ नेपाल मण्डलमा परापूर्व काल देखि चलिआएको मौलिक पारम्पारिक संस्कृति बोकेको बज्रयान बुद्ध धर्म मा हस्तक्षेप भइआएको देखिन्छ । त्यस्को केही असर यहॉ भइरहेको महाबली पूजा मा समेत देखिन आएको छ ।
⁃ यस्मा सबभन्दा बढ़ी असर छुवयलाभू र सिकाभू भोजमा परेको देखिन्छ । पंचमकार चढाउने बारेमा पनि हिचकिचाहट भएको प्रष्ट देखिन्छ ।
⁃ यस्मा पशुवलिमा देखिएको असर अर्कोमा छलफल गरिने छ ।
⁃ यस बारेमा अलि बढ़ी जानकारी लिन त्यहॉ बज्रयान पुजारीहरु बाट पढ़ेको मन्त्रहरु र यन्त्रहरुको लेखाई बाट पनि देखिन्छ ।
जय श्री करुणामय !
जय श्री बर्षा र सहकाल को देवता नेपाल मण्डल वासीहरु सधै आत्मनिर्भर र स्वाभिमान भएर बॉच्न सकोस !

श्री बज्रयोगिनी माँ , फंपी ( फर्पिङ)प्राचीन काठमाडौबाट दक्षिणी भेगमा अवस्थित फंपी, एक प्राचीन बस्ती मानिन्छ। लिच्छविकालम...
17/05/2024

श्री बज्रयोगिनी माँ , फंपी ( फर्पिङ)

प्राचीन काठमाडौबाट दक्षिणी भेगमा अवस्थित फंपी, एक प्राचीन बस्ती मानिन्छ। लिच्छविकालमा नै शिखरापुर, शिखपुरीग्रामको नामले प्रसिद्ध भइसकेको यस बस्तीमा उल्लेख्य रुपमा प्राचीन धरोहरहरु रहेका छन्।

सोही मध्ये एक अति नै महत्वपूर्ण रुपमा रहेको धरोहर श्री बज्रयोगिनीको मन्दिर पनि हो। बज्रयान बौद्ध धर्मका महासिद्ध मैत्रेयपा र नरोपाका शिष्यहरुले यस मन्दिरको स्थापना गरिएको किंवदन्ती रहेको पाइन्छ। हाल रहेको नेपाली ३ तल्ले छानो शैलीमा बनाइएको यस कलात्मक मन्दिर भने १७ शताब्दीमा प्रताप मल्लले निर्माण गराएका थिए। कथन अनुसार कुनै समय फंपिमा अनिकाल भइ देवता कोप भएर हाहाकार भएपछी श्री बज्रयोगिनी आकाश मार्गबाट उडेर आइ ,यस स्थानको रक्षा गर्नेछु भनी यहिँ बस्नुभएको मानिन्छ।

अर्को किंवदन्ती अनुसार एकपटक फंपिमा रहनुभएका शेषनागलाई श्री रातो मछिन्द्रनाथ लिन जाँदा बन्धुदत्तले जुक्ती लगाएर शेषनागलाई कलशमा राखेर ल्याउँदा फर्पिङको बासिन्दाले थाहा पाएनछन् । शेषनागले सबैलाई सुचित गर्न आफ्नो शक्तीद्वारा भयंकर वर्षा गराउँदा पनि कोहि नआएपछी रिसले असिनापानी बर्साइदिएछन् र फर्पिङका बासिन्दा गरिब नहोस् तर राजा जस्तो उच्च धनी पनि नहोस् भनी श्राप दिएछन्। सोही असिना पानी नरोकिएपछी फंपी बासीहरु चिन्तित भइ तान्त्रिक गुरुकहाँ गएछन् र सोही अनुसार श्री बज्रयोगिनीको आराधना गरेको मानिन्छ। अहिले पनि फंपिमा ठूलो हावाहुरी सहित असिनापानी धेरै बर्सियो भने बज्रयोगिनी मन्दिरमा गइ गुरुजुले घन्टी बजाएर आराधना गरेमा रोकिने जनविश्वास रहेको पाइन्छ।

श्री बज्रयोगिनीको विभिन्न किंवदन्तीहरु भएपनी यस फंपिको एक महत्वपूर्ण स्थानको रुपमा लिइन्छ। फंपिको यसै बज्रयोगिनी मन्दिरमा दर्शन गरि गुरु पद्मसम्भव ध्यान बसेको र फपिंमा सिद्धि पाएको जनश्रुतिहरु पनि सुन्न पाइन्छ। फंपीमा हरेक वर्ष गुंलागा त्रयोदशीका ( श्रावण कृष्ण त्रयोदशी) दिनमा बज्रयोगोन्रीको भव्य जात्रा हुने गर्दछ।

遇到車禍、地震、海嘯以及類似的突發事件時,該怎麼做?我們平常要養成一個習慣,當感受到恐懼的時候,要把意識專注在頭頂的梵穴。梵穴位於頭頂髮旋的位置,要往這個地方專注。在日常生活中受到任何驚嚇時,例如打雷等,如果我們能習慣性地把意識往上專注到頭...
12/04/2024

遇到車禍、地震、海嘯以及類似的突發事件時,該怎麼做?

我們平常要養成一個習慣,當感受到恐懼的時候,要把意識專注在頭頂的梵穴。梵穴位於頭頂髮旋的位置,要往這個地方專注。

在日常生活中受到任何驚嚇時,例如打雷等,如果我們能習慣性地把意識往上專注到頭頂的話,那麼假如有一天真的出現意外情況,我們也一定會習慣性地這樣做。

這時候,只要一專注,意識就會從頭頂出去,基本上可以達到破瓦法的效果。這是遇到突發事件時的緊急措施,也是非常好的方法。不需要念什麼,也不需要想什麼,只要專注在頭頂就好了。我們平常應該訓練一下,這是我們在遇到突發事件時唯一能用得上的。

ㄧ慈誠羅珠堪布 慧燈·問道《突發狀況下往生極樂的關鍵》

राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर बनेको छ । काठमाडौँको हावाको गुणस्तर अत्यन्त अस्वास्थ्यकर बनेको हो । विश्वभर प्रदूष...
11/04/2024

राजधानी काठमाडौँ विश्वकै प्रदूषित सहर बनेको छ । काठमाडौँको हावाको गुणस्तर अत्यन्त अस्वास्थ्यकर बनेको हो । विश्वभर प्रदूषणको अवस्थालाई निगरानी गर्ने वेबसाइट आईक्यू एयरका अनुसार बुधबार बिहान काठमाडौँको हावाको स्तर खराब बन्दै २६४ अङ्कमा पुगेको छ ।
News : https://www.ratopati.com/story/42101

27/03/2024

कथा: असर्फी भरिएको घडा ।

भगवान बुद्धले बुद्धत्व प्राप्त गरिसकेपछी काँशीको बाटो भएर कपिलवस्तु आउँदै थिए । एकान्त सुनसान जंगलमा एउटा मानिस देखे ।

त्यसले पसिना - पसिना भएर जमीन खोस्रीरहेको थियो । त्यो देखेर बुद्ध उसको नजिक पुगे । हेरिरहे । मानिसले औजार बिसायो । हातले खोसरियो । जमीनबाट माटोको घडा झिक्यो । घडामा लागेको माटो पुछपाछ गरेर ढकन उघार्यो । ढकन उघार्दा घडा सुनका असर्फिले भरिएको थियोे । त्यो देखेर उ खुशीले चिच्यायो । उसको मुहारमा क्रान्ति देखियो ।

त्यतिन्जेल बुद्धले त्यस मानिसलाई हेरिरहे । बुद्धसग त्यस मानिसले भन्यो :-"सन्त महाराज तपाईंको उपस्थितिले मलाई यो धनदौलत प्राप्त भएको हो, त्यसैले यो घडा तपाईंलाई अर्पण गर्दछु ।"
भगवान बुद्धले उसको आग्रहलाई तत्काल अस्विकार गरिदिए । त्यो देखेर बुद्धसगै रहेका सिस्यले सोधे ? सिस्यलाई जवाफ दिदै बुद्धले "यो घडामा बिष भरिएको छ । त्यसैले मैले अस्विकार गरेको हुं," भने । बुद्धको जवाफ सुनेपछि सिस्यले भन्यो:- "घडामा त असर्फी थियोे, बिष त थिएन ।"
बुद्धले फेरि उसलाई जवाफ दिदै भने:-"मलाई थाहा छ, त्यो असर्फी नभएर बिष हो ।" सिस्यले बुद्धको जवाफ बुझ्न सकेन । त्यो संवाद सुनेको त्यो मानिसले यसलाई बिष मान्नुहुन्छ भने मैले भन्नू केही छैन । मैले यहीँ बिषमा उन्नति र सुखसमृद्धी देखेको छु, भन्दै असर्फीको घडा बोकेर त्यो मानिस घरतर्फ लाग्यो । बुद्ध पनि आफ्नो गन्तव्यतर्फ लागे ।

मानिसले घरमा पुगेर असर्फीको घडा बिसायो । त्यो देख्दा उसको परिवारमा खुसीको सिमा रहेन । हेर्दाहेर्दै त्यो गरिब मानिस धनवान् र सम्पन्न बन्यो । उसको सम्पन्नता देखेर उसका छिमेकीले ईस्र्या गर्न थाले र त्यस राज्यका राजाकहाँ पुगेर उजुरी गरे । हाम्रो छिमेकी, रातारात धनवान् बनेको छ, उसकहा नभएको केही छैन । राजाले भोलिपल्ट सिपाही पठाएर त्यस मानिसलाई दरबारमा बोलाए । राजाबाट बोलावट भएपछि त्यो मानिस दरबारमा हाजिर भयो । तिमी त रातारात धनवान् भयौ रे, कसरी ? उसले आफुले भेट्टाएको घडाका बारेमा बतायो । राजा उसको जवाफ सुनेपछि रिसले चुर हुँदै भने, "त्यो घडा भेट्टाएपछी म कहाँ हाजिर हुन आउनु पर्दैनथ्यो ? त्यो असर्फीको घडा दरबारबाट केही समय अघि हराएको थियोे ।"
राजाले उसलाई अह्राउदै भने:-"जाउ, जस्ताको त्यस्तै त्यो घडा लिएर आउ ।"
त्यो मानिसले राजालाई जवाफ दियो:-"घडाको असर्फी त सबै बेचिसके, त्यहीँ धन दौलतले भुमी र घर जोडे ।"
उसको जवाफ सुनेर राजा झनै रिसले चुर भए । तत्कालै आफ्ना सिपाहीलाई आदेश दिए:-"यसको सारा धनसम्पत्ती जफत गर । साथै, यसलाई र यसको परिवारलाई पनि बन्दी बनाएर कैद गर ।"
राजाको आज्ञा अनुसार त्यस मानिसका बालबच्चा र बृद्ध आमासहित उसलाई बन्दि बनाइयो । सम्पत्ती पनि सबै जफत गरियो । त्यसरी एकाएक बन्दी भएपछि त्यस मानिसलाई बुद्धका शब्दको याद आयो ।
बुद्धले त्यो असर्फीको घडालाई किन बिष भनेका रहेछन भनेर बुझ्यो ।

राजा बर्षमा एकपटक आफ्नो राज्यमा बन्दिगृहका बन्दी भेटन जादा रहेछन । राजाको भेट नयाँ बन्दी त्यस मानिससँग भयो । उसले भेटमा राजासँग भगवान बुद्धलाई भेटने इच्छा प्रकट गरेछ । राजा उसको बिन्ती सुनेर अक्क न वक्क भएछन । फेरि सोधे:-"किन बुद्ध भेटनुपर्यो ?"
आफुले त्यो असर्फीको घडा भेटदा बुद्धले बिष भनेको प्रंसग उसले सुनाएछ । त्यहीँ घडाका कारण आज म र मेरो परिवार बन्दी हुनुपर्यो, त्यसैले उहाँसग क्षमा माग्न चाहान्छु, राजासँग भनेछ । राजाले पनि बुद्धका बारेमा सुनेका थिए तर भेटेका थिएनन् । बन्दिको कुरा सुनेपछि भोलिपल्ट राजाले बुद्धलाई आफ्नो दरबारमा आउन निमन्त्रणा पठाए । बुद्ध त्यतिन्जेल कपिलवस्तुबाट कासी फर्किसकेका रहेछन । राजाको निमन्त्रणा पाएको केही दिनपछि बुद्ध राजाको दरबार पुगे । राजा, रानी र मन्त्री सबैले बुद्धको दर्शन गरे । राजाले बुद्धलाई त्यस बन्दिको आग्रह सुनाउदै बन्दिगृह पुग्न आग्रह गरे । बुद्ध पनि राजाको आग्रहलाई स्विकार्दै बन्दीगृह पनि पुगे । त्यहाँ पुग्दा उनले त्यस मानिसलाई देखे र त्यस मानिसले पनि बुद्धलाई चिनी हाल्यो र पाउ पर्यो । बुद्धले उसलाई सोध्नुभयो :-"कुशल मंगल ? अनि यहाँ किन कसरी ?" त्यस मानिसले रुदै बन्दीगृह आइपुग्नुको बिस्तार बुद्धलाई सुनायो ।
उसले नढाटी सबै कुरा सुनाए पछी बुद्धलाई राजालाई भनेर मुक्त गरिदिउ भन्ने लागेछ । बुद्धले तत्काल राजालाई भनेछन:-"घडा भेट्टाएर सम्पन्न हुनु, उसको कुनै दोष छैन । त्यति बेला म त्यहीँ उपस्थित थिए । त्यो असर्फीको घडा उसले मलाई टक्रयएको थियो, मैले नलिए पछी उसले लिएको हो । त्यसैले यसलाई बन्दीगृहबाट मुक्त गरिदिनुहोस ।"
राजाले पनि बुद्धको आग्रहलाई मानेर परिवार र त्यस मानिसलाई मुक्त गरिदिए । बुद्धको महिमा र बचनको कदर भएको देखेपछि त्यस मानिसका परिवारले बुद्धका सिस्य हुने निर्णय गरे । त्यस बन्दी मानिसका परिवारसगै राजा पनि बुद्धका सिस्य बने ।

22/03/2024
༄༅།། འདུད་འཇོམས་གོང་མའི་གཏེར་ལུང་ལས།།अघिल्लो दुड्जोम रिन्पोचेको निधि (भविष्य) वाणीबाट।དེང་ལྔ་བརྒྱ་སྙིགས་མའི་མར་གཤམ་འདིར།...
04/03/2024

༄༅།། འདུད་འཇོམས་གོང་མའི་གཏེར་ལུང་ལས།།
अघिल्लो दुड्जोम रिन्पोचेको निधि (भविष्य) वाणीबाट।

དེང་ལྔ་བརྒྱ་སྙིགས་མའི་མར་གཤམ་འདིར།།
अहिले पाँच सय अशुद्धताको विभाजित (भएको समय) यॅहा

མི་ཀུན་གྱི་ཤས་རྒྱུད་བདུད་ཀྱིས་བརླམ།།
सम्पूर्ण मानव मन-धाराहरू राक्षसको प्रभावले भिझेको छ

ཡུལ་ཟོག་པོ་གྲུབ་ཐོབ་མཆོག་ཏུ་བཀུར།།
गाउँका फटाहलाई सिद्ध पुरुष (मानेर) रत्नझै पुज्छन्

མི་ཞིག་པོ་རྣལ་འབྱོར་པ་རུ་བསྟོད།།
अनुचित आचरण भएको मान्छेलाई योगी सम्झि सम्मानित गरिन्छ

གཞན་བསླུ་བ་མཁན་ལ་བླ་མ་ཟེར།།
अरुलाई छल्ने झुक्याउने व्यक्तिलाई लामाको रुपमा मान्छन्

མི་དྲེད་པོ་དག་ལ་མཁས་པར་བསྔགས།།།
असभ्य मानिसलाई विद्वानको रूपमा प्रशंसा गरिनेछ

ཆོས་གསང་སྒོ་འཆོལ་ལ་རྟོགས་ལྡན་ཟེར།།
धर्मको गोप्यता भंग गर्नेलाई शक्तिशाली मानिन्छ

མི་གཡོ་བསླུ་མཁན་ལ་ཕོ་རབ་ཟེར།།
निपुण ठगी कौशल भएकोलाई उत्कृष्ट व्यक्ति भनेर चिनिन्छ

ཆོས་ཉམས་ལན་མཁན་ལ་སྤྲང་པོ་ཟེར།།
अनुभवी धर्म अभ्यास कर्ताहरूलाई प्रायः भिखारी भनिन्छ

ལས་རྒྱུ་འབྲས་མཁན་ལ་བླུན་པོར་གྲགས།།
कर्महेतु(कारणहरू र परिणामहरू राम्ररी)मान्नेहरूलाई मूर्ख भन्नेछन्

ཟོལ་མེད་པ་རྣམས་ལ་མི་ངན་ཟེར།།
सिधासाझा इमानदार सबैलाई बेइमानको लेबल लगाइने छन्

ཆོས་གསང་དོན་ལྡན་ལ་ཆོས་མེད་ཟེར།།
धर्मको गोप्यतालाई मान्नेलाई धर्म नजानेको भन्नेछन्

ལས་དེ་ལྟར་བསྒྲུབ་པའི་དུས་ངན་འདིར །།
यस प्रकारको नकारात्मक कार्यहरू गर्ने समय नराम्रो यॅहा

དཔལ་སངས་རྒྱས་འབྱོན་ཡང་ཕན་པར་དཀའ།།
श्री बुद्धको आगमन भएपनि [मु्र्ख प्राणिहरुलाई] सत्मार्गमा डोऱ्याउन चुनौतीपूर्ण रहनेछ॥॥

वज्रयानी एवं बौद्ध साधकले नशा जन्य सुर्ती गाजा को सेवनलाई किन निषेध गरीएको हो त ?“विषालु धुम्रपानको उत्पत्ति वारे पुस्तक...
04/03/2024

वज्रयानी एवं बौद्ध साधकले नशा जन्य सुर्ती गाजा को सेवनलाई किन निषेध गरीएको हो त ?

“विषालु धुम्रपानको उत्पत्ति वारे पुस्तकमा भएको अनुसार दुष्टमारको छोरीको रजस्वला, मासिकधर्म (रगत) भूहिंमा खस्दा त्यहाँबाट धुम्रपानको विरुवा उम्रियो,मारको छोरीले भविष्यमा यो सबैले सेवन गर्ने अमल होस भनी नराम्रो प्रार्थना गरेकोले विश्वमा फैलिएको कुरा गुरु रिन्पोछेले धुम्रपानको दोष नामक ग्रन्थमा बताउनु भएको पाइन्छ।”

बौद्ध बिज्ञ एवं वरिष्ठ बौद्ध धर्म ग्रन्थ अनुवादक एवं लोचावा Khenpo Ngawang Hoser ज्यू

(आचार्य पद्मसंभव एवं गुरु रिन्पोछ्ये)

बिषालु रुख, बिषालु पातको सेवन गर्नेहरु।
पद्मसंभव मलाई प्राथना नगर्नु।
यस जिवनमा बिषालु धुम्रपान सेवन गर्नेहरु।
पछि कहिल्यै पनि मेरो दर्शन हुने छैन।
धुम्रपानको सेवन गर्ने मान्छेको बोधिचित्तको जरा सुकेर जान्छ।
धुम्रपानको सेवन गर्नाले चार सय चौबिस प्रकारको रोगहरु एकदम बढेर जान्छ।
धुम्रपान सेवन गर्ने व्यक्ति मृत्यु पछि त्रिदुर्गतिमा जन्म लिनेछ।


༈སློབ་དཔོན་ཆེན་པོ་པདྨ་འབྱུང་གནས་ཀྱིས། །དུག་ཤིང་དུག་གི་ལོ་མ་འཐེན་མཁན་ཚོ། །པདྨ་འབྱུང་ང་ལ་གསོལ་བ་མ་ཐོན་ཅིག །ཚེ་འདི་ཐ་མ་ཁ་དང་དུག་མདའ་ཁ། །ཕྱི་མ་ང་དང་མ་མཇལ་ན་རེ་སྐན། །འཐུངས་བའི་མི་འདི་བྱང་ཆུབ་སེམས་རྩ་བསྐམ། །བཞི་བརྒྱ་རྩ་བཞི་ནད་རྣམས་ལྡང་བར་བྱེད། །འཐུངས་བས་ཤི་ཚད་དང་སོང་གསུམ་དུ་སྐྱེ།།
(གུརུ་རིན་པོ་ཆེས།)

धुम्रपानको उत्पति बुद्धको शासनलाई सकाउने र सम्पुर्ण प्राणीहरुको इन्द्रियलाई नकरात्मक मार्गमा लैजाने उदेश्यले एउटा नराम्रो मारको महिलाले आफुमा भएको नकारात्मक शक्तिबाट पहिले एउटा बोटको उत्पादन गरेको थियो जुन बोट अहिलेको समयमा भन्ने हो भने धुम्रपानको उत्पादन गर्ने बोट हो। जस्तै सुर्ति, गाजा ईत्यादि।
धुम्रपानको सेवन गर्नाले हाम्रो पञ्च ईन्द्रियहरुको शक्ति घटेर जान्छ र सोच्ने शक्तिको कमि भए पछि नकारात्मक काम हरु गर्ने हुन्छ।
त्यसैगरी दोस्रो बुद्ध गुरु पद्मसंभवले भन्नु भएको अनुसार धुम्रपान सेवन गर्ने व्यक्तिले मलाई प्रार्थना नगर्नु त्यस्तो व्यक्ति मेरो शिष्य हुने छैन र धुम्रपान सेवन गर्ने व्यक्तिले मलाई प्रार्थना पनि नगर्नु। जो व्यक्तिले धुम्रपान सेवन गर्दछ र त्यस व्यक्तिले मेरो कहिल्यै पनि दर्शन गर्न सकिदैन भन्नु भएको छ। जुन व्यक्तिले धुम्रपानको सेवन गर्दछ त्यो व्यक्तिमा बोधिचित्तको कहिल्यै पनि बिकाश हुदै र बोधिचित्तको मुल जरा नै सुकेर एवम् हराएर जान्छ। बोधिचित्तको नै बिकाश नभए पछि त्यो व्यक्तिले कहिल्यै पनि मुक्ति एवम् बुद्धत्व प्राप्त गर्न सक्दैन र देव लोक र मनुष्यमा जन्म लिनु र बुद्ध भुवनमा जन्म लिनु कदापि सक्दैन र त्यस्तो व्यक्तिको जन्म त्रिदुर्गती (प्रेत, पशु र नर्क) मा जन्म लिई अनेकौ कल्प सम्म दुःख भोग्नु पर्ने हुन्छ। धुम्रपानको सेवन गर्नाले नै चार सय चौबिस प्रकारको रोगहरु फैलिएर जानेछ र विनाशकारी निम्त्याउने हुन्छ। धुम्रपानको सेवन गर्दा निस्कने धुवा बाट यस पृथ्वीमा भएको देव, नाग, भुमिपती, स्थानपतीहरु लाई पनि हानि पुग्ने हुदा उनि हरुले पनि हामिलाई हानि पुर्याउने गर्दछ साथै धुम्रपान सेवन गर्नाले यस जिवनमा पनि हाम्रो धनको हानि र स्वास्थ्यमा पनि हानि हुने गर्दछ।
त्यसैले धुम्रपान सेवन गर्नेुको अलिकति पनि फाइदा नभइ बेफाइदा मात्रै भएकोले धुम्रपान त्याग गर्नु पर्दछ र म हजुरहरु सामु यहि नै बिन्ती गर्दछु।🙏🙏🙏🙏🙏

ང་ཚོའི་ཕ་མེས་ཡང་མེས་རྣམ་པས་མཇལ་མྱོང་བའི་མཆོད་རྟེན་བྱ་རུང་ཁ་ཤོར་ནི་འདི་འདྲ་ཞིག་ཡིན་ཟེར།དེ་དུས་ཁོང་ཚོས་Boudha ན་ཡོད་ཟེར་མི...
01/02/2024

ང་ཚོའི་ཕ་མེས་ཡང་མེས་རྣམ་པས་མཇལ་མྱོང་བའི་མཆོད་རྟེན་བྱ་རུང་ཁ་ཤོར་ནི་འདི་འདྲ་ཞིག་ཡིན་ཟེར།

དེ་དུས་ཁོང་ཚོས་Boudha ན་ཡོད་ཟེར་མི་ཤེས། མཆོད་རྟེན་སྐུ་མདུན་ན་ཡོད་ཟེར་བའི་དུས་ཚོད་ཡིན།
དེ་དུས་ཁོང་ཚོས་Kathmandu ལ་འགྲོ་ཟེར་མི་ཤེས། ཡམ་བུ་ལ་འགྲོ་ཟེར་བའི་དུས་ཚོད་ཡིན།
དེ་དུས་ཁོང་ཚོས་Patan ཟེར་མི་ཤེས། ཡེ་རང་ཟེར་བའི་དུས་ཚོད་ཡིན།
དེ་དུས་ཁོང་ཚོས་Bhaktapur ཟེར་མི་ཤེས། ཁོ་ཁོམ་ཟེར་བའི་དུས་ཚོད་ཡིན།

མཆོད་ལྷ་རིག་མ་བཅུ་དྲུག་གི་ཕྱག་རྒྱའི་དཔེ་རིས་འདི་ངོ་དེབ་ཚང་ལ་བཅོལ། དགོས་མཁོ་ཅན་ཚོས་ཐུགས་སྣང་དང་ཟུར་ཉར་མཛད་ན་ཆོགམཁས་དབང་རྡ...
31/01/2024

མཆོད་ལྷ་རིག་མ་བཅུ་དྲུག་གི་ཕྱག་རྒྱའི་དཔེ་རིས་འདི་ངོ་དེབ་ཚང་ལ་བཅོལ།
དགོས་མཁོ་ཅན་ཚོས་ཐུགས་སྣང་དང་ཟུར་ཉར་མཛད་ན་ཆོག
མཁས་དབང་རྡོ་འབུམ་རིན་པོ་ཆེའི་ཕྱག་དེབ་ལས་བཏུད།

ཆོས་སྐུ་ལོངས་སྐུ་སྤྲུལ་སྐུ་བཞུགས་སྟངས།
30/01/2024

ཆོས་སྐུ་ལོངས་སྐུ་སྤྲུལ་སྐུ་བཞུགས་སྟངས།

Address


Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 08:00 - 17:00
Sunday 08:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when Namgyal Dorje. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Shortcuts

  • Address
  • Opening Hours
  • Alerts
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Event Planning Service?

Share