27/08/2020
अपाङ्गता भएका व्यक्ति तथा स्पाईनल कर्ड ईन्जरी भएकाहरुको लागि जनहितमा जारी कोरोना सन्देश ।
कोरोनाका कारण बिशेष गरि स्पाईनल कर्ड ईन्जरी भएका व्यक्तिहरुले भोग्दै आएका समस्याहरु धेरै नै छन अर्को पटक पुन बिश्लेषण गरि लेख्ने छौ । आज भने बिशेष उनीहरुलाई कोरोना बाट बच्नका लागि अपनाउने सचेतनामुलक जानकारीका लागि कोरोना सन्देश बनाएका छौ स्वीकार्नु होस र यहाहरुबाट पनि थप सुझाव को अपेक्षा गर्दछौ ।
यतिवेला विश्व कोरोना भाइरसको महामारीले अक्रान्त बनीरहेको छ । बिश्वभरी २ करोड ३७ लाख बाउन्न हजार नौ सया पौसठ्ठि जना संक्रमित भएका छन भने बिश्वमा मृत्यू हुनेको संख्यामा ८ लाख पन्ध्र हजार अड्तिस जना रहेका छन् । नेपालमा पनि ३५ हजार भन्दा माथिलाई संक्रमण भई सकेका छन । बिश्वभरि नै कोरोनाको कुनै पनि भ्याक्सिन पत्ता लगाई नसकेको हुँदा बिश्वले नै कोभिड १९ को चुनौति खेप्नु परेको अवस्थामा नेपालमा झन स्वास्थ्य सेवा सुबिधा, स्वास्थ्य संस्थाहरुको कमी, उचित व्यवस्थापन नहुदा, संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि अपनाउने सूचनाका सामाग्रीहरु जात जातिका भाषाहरु तथा अपागंतामैत्री भाषा नहुदा, क्वरेन्टीन तथा आईसोलेन केन्द्रहरुको अभाव तथा भौतिक संरचनाहरु अपाङ्गता मैत्रि नहुदा, मानिस आवत जावत गर्ने सिमामा कडाई नहुँदा, निषेधाज्ञा र लकडाउनलाई मात्र बिकल्पका रुपमा मानिदै आएको हुँदा जनजीवन अस्तव्यस्त भई कोरोना नियन्त्रण गर्न नसकिने गरि समुदायमा फैलिदो अवस्थामा छ । यस्तो विषम परिस्थितिमा सरकारले मात्र काम गरेर पर्याप्त नहुने देखिएको हुँदा अब नीजि क्षेत्र, गैर सरकारी संघ संस्था, नागरिक समाज र व्यक्तिगत तहबाट पनि एकजुट भएर मानव समुदायको जीवनको ख्याल गर्दै कोरोनाको संक्रमणबाट बच्न र बचाउन उत्तिकै नयाँ सोचका साथ काम गर्नु पर्ने जरूरी देखिन्छ ।
यसै सन्र्दर्भमा कोरोना भाइरस महामारीले सवैभन्दा बढि अपाङ्गता भएका व्यक्तिहरू त्यसमा पनि स्पाईनल कर्ड ईन्जरी भएका व्यक्ति, जेष्ठ नागरिक, बालबालिका, दिर्घ रोगीहरु प्रभावित हुन्छन् भन्ने कुरा हामीले सुन्दै आईरहेका छौ । स्पाईनल कर्ड भएका व्यक्तिहरुलाई दैनिक जीवन चलाउन व्यक्तिगत सहयोगीको आवश्यक पर्दछ तर यदि यो अवस्थाका व्यक्तिलाई कोरोना लागेमा क्वरेटिन र आईसोलेसन केन्द्रहरु पनि अपागंता मैत्री बनेका छैनन र डेरामा बस्दै आएकाहरुलाई व्यक्तिगत सहयोगीले कसरी सहयोग गर्न सक्दछन् त भन्ने बारेमा पनि कोही पनि सचेत छैनन र यो किसीमका सूचनाका सन्देशहरु पनि सुन्नमा पाईएको छैन । अनि पिपिई र भाइजर लगायतका सुरक्षाका सामग्रीहरु व्यक्तिगत रुपमा उपलब्ध नहुने हुनाले उनीहरुलाई जो कोही पारिवारीक सदस्यहरु र बाहिरबाट आउने सहयोगीले पनि सहयोग गर्ने अवस्था हुदैन । कोरोना उच्च संक्रमित रोग हो यो समुदायमा फैलीसकेका अवस्था छ यदि उनीहरु संक्रमित हुनु भयो भने कसरी सुरक्षा र सावधानि अपनाउन सकिन्छ भन्ने बारेमा सरोकारवाला निकायहरुले सचेतनामूलक सूचनाका सामग्रीहरु र अभिमुखिकरण गर्नु पर्ने आवश्यक छ । त्यसैले यो अवस्थामा सबैले अझ अति जोखिममा परेका बर्गहरुले र अन्य मानिसहरुले पनि कोरानालाई हेलचेक्र्याई नगरि समयमा नै सचेत भई सावधानि र सुरक्षा हुने भन्ने बारेमा सचेत हुन जरुरी छ ।
कोरोनाबाट बच्नका लागि सामान्यतया हामिले व्यक्तिगत र सामाजिक तह देखि नै बिशेष साबधानी अपनायौ भने यसबाट बच्न र बचाउन सकिन्छ भन्ने कुरा थाहा पाई सकेका छौ । तर सरसफाई गरिरहनु पर्ने कुरा र व्यक्ति व्यक्ति बीच वा एक अर्का बीचको दुरी करिव २ मिटर कायम गर्नु पर्ने कुराले सहयोगी बिना दैनिकी नचल्ने र व्हिलचियर प्रयोग गर्ने स्पाईनल कर्ड ईन्जरी भएका व्यक्तिहरूलाई हालको अवस्थामा दैनिकी चलाउनका एकदमै कठिन भइरहेको अवस्था छ । बरु ३-४ छाक खान नखाई बस्न सक्छु तर सरसफाई र सहयोगी बिना १-२ घण्टा पनि बिताउन सक्दिन भन्ने कुरा वहाहरु बताउनु हुन्छ । अर्कोतिर सरसफाईका सामग्रीहरु सजिल्यै नपाउने साथै महंगो पनि हुने र कोरोना कारण खाई पाई रहेको र गरि रहेको आय आर्जन पनि खोसिएको हुँदा यी सामग्रीहरु उपलब्ध गर्न गराउन पनि नसकेको अवस्था छ त्यसैले दैनिकीमा एकदमै समस्या आईरहेको कुरा वहाहरु व्यक्त गर्नुहुन्छ ।
कोरोनाबाट बच्न अरुको मुख ताक्नु र अरुलाई दोष दिनु भन्दा पनि बच्नका लागि तपाई हाम्रै भूमिका वा सावधानि र पूर्व तयारको बढि जरुरी हुने गर्छ । त्यसैले हामीले सरकारले बारम्बार जारी गरिरहेको सुरक्षा र सावधानीका सूचनाहरुलाई हामीले पनि पालना गर्नु पर्ने हुन्छ । यो बेलामा हामी घरभित्रै बस्नु पर्ने हुन्छ यदि परिवारमा हुनुहुन्छ भने तपाईले परिवारका सदस्यहरुबाट सहयोग लिदै आफ्नु दैनिकी चलाउनु होला, यदि एक्लै बस्नु हुन्छ भने सवै पकाउने खाने र सरसफाईका सामानहरु आफ्नो पहुँचमा नजिकै राख्नुहोला ताकि सजिल्यै भेटियोस । पानि तताउने बिद्युतिय भाडो वा थर्मस प्रयोग गर्नु सक्नु हुन्छ । यदि उपलब्ध गराउन सक्नु हुन्छ भने रोगसँग प्रतिरोधात्मक क्षमता बढाउने किसिमका सुख्खा खानेकुराहरु जस्तै काजु, किसमिस, ओखर, छगडा, बदाम आदि र अन्य खाद्य सामग्रीहरु र पौष्टिक तत्वयुक्त खाने कुराहरुको पनि जर्गेना गरि राख्नुहोस । नजिकैको खाद्य पसल वा डिपार्टमेन्टल पसलको फोन नम्बर लिएर राख्ने केही कुरा अत्यावश्यक परेमा फोन मार्फत खाद्य सामग्रीहरु मगाउन सक्नुहुन्छ साथै यदि ईन्टरनेटको पहुँचमा हुनु हुन्छ भने सबै सामानहरु अनलाईनबाट पनि सपिङ्ग गर्न सक्नु हुन्छ साथै यदि मोवाईल चलाउनु हुनछ भने अनलाईन बैकिङ्ग सेवा र मोवाईलमा पैसा हाल्न र बिलहरु तिर्न ईसेवा आदिको प्रयोग गरि दैनिकी सहज बनाउन सक्नु हुन्छ ।
त्यसैगरि समय बिताउनका लागि आफूलाई मनपर्ने कुराहरु के हो पत्ता लगाउने र सो काममा समय खर्चिनु होस, कसैलाई गित गाउन र नाच्न मन लाग्ला, कसैलाई लेख गित कविता रचना सिर्जना गर्न मन लाग्ला, कसैलाई कितावहरु पढन मन लाग्ला, कसैलाई पेन्टिङ्गमा रुचि होला, कसैलाई खेलमा रुचि होला, कसैलाई चलचित्रमा रुचि होला भने कसैलाई टिकटक बनाउन र फेसबुक चलाउनमा रुचि होला । त्यसैगरि एक्लो महसूस नहोस मनमा कुरा धेरै खेल्न नपाओस भन्नका लागि मन पर्ने साथीहरु र आफन्तहरुसँग अनलाईन वा फोन मार्फत कुराकानी गर्ने एक आपसमा परेका समस्या वा भावना साटासाट गर्ने गर्नुहोस । आफू बस्ने र सुत्ने कोठामा अपाङ्गता वा व्हिलचियर मैत्री भौतिक संरचना बनाउनुहोस ताकी कोठामा बेडबाट व्हिचियरमा सजिल्यै सँग सरेर बस्न सक्ने र व्हिलचियरबाट बेडमा सरेर बस्न सक्ने गरिको व्हिलचियर र बेडको उचाई समान बनाउनुहोस । साथै सौचालयमा पनि आफूलाई सहजै सँग जान मिल्ने र्याम्प राख्नुहोस, सजिल्यै प्रयोग गर्न सक्ने गरिको ह्याण्डील सहितको कमोटको व्यवस्थापन गर्नु पर्ने हुन्छ र आफ्नो कोठामा व्हिलचियर गुडन सक्ने र घुम्न सक्ने पर्याप्त ठाउँ राख्नुहोस साथै बेलावेलामा आफूले प्रयोग गर्दै गरेको व्हिलचियरलाई टिस्यू पेपर र सेनिटाईजरकले सरसफाई पुसपास गर्दै गर्ने गर्नुहोस ।
त्यसैगरि रमाईलो गर्नका लागि साथी भाई र पारिवारिक जमघट नगर्ने, यदि कोही सँग भेट भई हालेमा एक अर्कोमा हात नमिलाउने, अंकमाल नगर्ने, अंकमालको सट्टा नमस्ते गर्ने, बाहिरी मानिस आएका वेलामा र आफू बाहिर जाँदा नियमित माक्स लगाउने, व्यक्तिगत सरसफाईमा ख्याल गर्ने, एकले अर्कोलाई सक्दो सहयोग गर्ने बातावरण बनाउने, डराउने भन्दा पनि सचेत हुने, आफ्नो समस्या साथी भाई र घर परिवार तथा छिमेकीहरु सुनाउने, साथीभाई, परिवार र छिमेकीहरु बीचमा माया, सदभाव र सहयोग गर्ने, अत्याबस्यक काम नपरी बाहिर नजाने, जानै परे राम्रै वा मेडिकल मास्क लगाएर मात्रै जाने, एक देखि अर्को व्यक्तिको बीचमा कम्तिमा २ मिटरको दूरी कायम गर्ने, बाहिरबाट आउन साथ् कपडा तुरुन्त परिवर्तन गरिहाल्ने र सम्भव भए नुहाउने भएन भने पनि साबुन पानिले २० मिनेट सम्म मिची मिची हात खुट्टा र मुख धुने, घरमा बस्दा पनि हरेक २र२ घण्टामा साबुन पानीले हात धोईरहने यदि यो सम्भव नभएमा हातमा २र२ घण्टामा सेनिटाईजर लगाउने, नियमित रुपमा तातो पानी पिउने र बेसार, जुवानो, जिरा, गुर्जो, अदुवा, मरिच लगायत आर्यूबेधिक औषधीजन्य गुण भएका चिजहरु तातो पानिमा राखेर वा पकाएर खाने, स्वास्थ्यबर्धक पौष्टिक तत्वयुक्त खानपानलाई नियमित रुपमा खाईरहने गर्नु पर्छ र सकिन्छ भने आफूमैत्री बसी बसी गर्ने योग, प्राणायम र ध्यान गर्ने गर्नुहोस । तर यदि केहि गरि कोरोनाबाट संक्रमित भै हाल्नु भयो भने पनि त्यसलाई सहजै जित्न सक्छु म मात्रै हैन धेरै जना हुनुहुन्छ सवैजना मरेका छैनन मृत्युदर कम छ निको हुन्छु भन्ने सोच बनाउने, मानसिक चिन्ता नलिने, आत्मा बिश्वास र आत्मवलको बिकास गर्ने गर्नु होस ।
आफ्नो वर्ग वा समुदायमा संक्रमित भई वा अरु किसीमको समस्या भएमा एकले अर्को व्यक्तिलाइ सकेको सहयोग गर्ने गरौ तर यसका लागि उनीहरुको घर नगई पनि सहयोग गर्न सक्नुहुनेछ । त्यस्तैगरि केहि अन्य किसिमका आर्थिक, खाद्यन्न, सरसफाई र स्वास्थ्यमा समस्यामा परेका व्यक्तिहरु पहिचान गरि हटलाईन वा फोन मार्फत सहयोग गर्ने बातावरण बनाऔ । दैनिक आवश्यक पर्ने फोन नम्बरहरु जस्तैः डा., नर्स, मनोबिद, खाद्यन्न, पानि, ग्याँस, औषधि पसल, ईन्टरनेट सेवा, पुलिस, न्यायीक समिति लगायत नजिकैका जनप्रतिनिधिहरुको मोवाईल नम्बर वा फोन नम्बर राखौ र सबैले सबैलाइ माया, सदभाव र सहयोगका लागि उपलब्ध फोन नम्बरहरु र दिने सेवाहरुको बारे जानकारी बाडौ । कसैलाई मानसिक रुपमा समस्या वा चिन्ता भएमा समुदाय तहमा उपलब्ध हुनु हुने मनोबिमर्षकर्ताहरु संग सहयोग मागौ र आवस्यक पर्नेहरुलाइ जोडौ, सामाजिक दूरी होइन, सामाजिक सद्भाव कायम गरौ, भौतिक दूरी कायम गर्दै कोरोना बिरुद्ध एकजुट भै सामाना गर्न लागौ ।
अन्त्यमा तपाई हामी सबैले याद गर्नैपर्ने कुरा के हो भने कोरोना संक्रमित व्यक्तिलाई हेला, घृणा, वेवास्ता र दुव्र्यवहार हैन बरु माया, सदभाव र सकेको सहयोग गरौ । कोरोना छिट्टै सर्ने भएपनि विचार पुर्याइयो भने मानबिय क्षति कम गर्न सकिन्छ त्यसैले यसबाट डराउने होइन सबै मिलेर यसको चुनौतिसँग प्रतिकार गरि सामना गर्ने गरौ ।
यो संकटको घडिमा सबै घरमै बसौ सुरक्षित होऔ आफू बाचौ र अरुलाई बचाऔ ।